राजनीति

मान्छेले मान्छेमाथी विभेद गर्ने कु-प्रथा विरुद्धको संघर्ष जारी राखौंः डा.भट्टराई

३० चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मान्छेले मान्छेमाथी विभेद गर्ने कु-प्रथा विरुद्धको संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले मान्छेले मान्छेमाथि छुवाछुतजन्य विभेद गर्ने कुप्रथाको व्यवहारिक अन्त्यकानिम्ति एकताबद्ध संघर्ष जारी राख्नुपर्ने बताएका हुन् । डा.भट्टराईले जात-पातजन्य विभेद र हिंसाका कारण निमुखा दलितको ज्यान जानु आपत्तिजन रहेको समेत बताएका हुन् ।

जातीय दुर्व्यवहार गर्दै एक गैरदलित छिमेकीको कुटाइबाट झापाको कन्काई-५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै डा भट्टराईले यस्तो ट्वीट गरेका हुन् ।

फेरि अर्को जातपातजन्य विभेद र हिंसाका कारण निमुखा दलित/शिल्पीको ज्यान जानु अत्यन्त दुःखद र आपत्तिजनक रहेको छ उनले भने । साथै डा.भट्टराईले अपराधीमाथि कडा कार्वाही र पीडित परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्न समेत माग गरेका छन् ।

 

उनको ट्वीटः फेरि अर्को जातपातजन्य विभेद र हिंसाका कारण निमुखा दलित/शिल्पीको ज्यान जानु अत्यन्त दुःखद र आपत्तिजनक छ । मान्छेले मान्छेमाथि छुवाछुतजन्य विभेद गर्ने कुप्रथाको व्यवहारिक अन्त्यनिम्ति एकताबद्ध संघर्ष जारी राखौं ! अपराधीमाथि कडा कार्वाहीःपीडित परिवारलाई परिपूरण होस् !