अन्तर्राष्ट्रिय

कोरोना कहरः ब्राजिललाई उछिन्दै भारत १ नम्बरमा, एकैदिन १ लाख ७० हजार संक्रमीत

३० एजेन्सी, काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो सुरु भएसंगै भारतमा दैनिक थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ । आज १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिन १ स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै भारतले ब्राजिललाई पछाडि पार्दै दोस्रो नम्बरमा पुगेको छ ।

भारतमा संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ । पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ३ करोड १९ लाख १८ हजार ५९१ रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा रहेको १ करोड ३४ लाख ८२ हजार ५४३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार २०९ पुगेको छ ।

अहिले भारतका १६ राज्य कोरोनाको चपेटामा परेका छन् । उच्च संक्रमण रहेका राज्यमध्ये नेपालसँग जोडिएको उत्तर प्रदेश दोस्रो नम्बरमा रहेको छ । पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा १५ हजार २७६ संक्रमित थपिएका छन् । पहिलो नम्बरमा रहेको महाराष्ट्रमा ६३ हजार २९४ संक्रमित पुष्टि भएका छन् ।

उच्च संक्रमण रहेका १६ राज्यमा महाराष्ट्र र उत्तर प्रदेशसँगै छत्तिसगढ, कर्नाटक, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात, हरियणा, राजस्तान, पञ्जाब, केरला, तेलंगा, उत्तराखण्ड, आन्द्र प्रदेश र पश्चिम बंगाल रहेका छन् ।

नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल पनि उच्च संक्रमण रहेका राज्यमा छन् । जसले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ ।