राजनीति

पत्रकार महासँघको अध्यक्षमा भारी मतसहित काँग्रेस निकट पोख्रेलको लगभग प्यानलै बिजयी

२८ चैत, काठमाडौं । नेपाल पत्रकार महासँघको अध्यक्षमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेश यूनियनका बिपुल पोख्रेल निर्बाचित भएका छन् । नेकपा एमाले सम्बद्ध प्रेश चौतारी निकट निर्मला शर्मालाई दुई हजार भन्दा बढी मतान्तरले पोख्रेलले पत्रकार महासघंको अध्यक्षमा बाजी मारेका छन् ।


यस्तै बरिष्ठ उपाध्यक्षमा यूनियनकै रमेश बिष्ट, महिला उपाध्यक्षमा यूनियनकै बाला अधिकारी, महासचिवमा रोशन पुरी, खुल्ला सचिवमा गोबिन्द प्रसाद चौँलगाई, महिला सचिवमा श्रृजना अर्याल, आदिबासी जनजातीमा नारायण किलम्बू निर्बाचित भएका छन् ।

प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पोख्रेलले पराजीत गरेका हुन् । निर्मला शर्मापछि क्रमशः माधव नेपाल, दाना केसी सुबेदी, अबशेस झा, बालकृष्ण बस्नेत, रामकृष्ण ज्ञवाली, निमा काफ्ले पारजीत भएका छन् । यस्तै पोख्रेल समूहबाटै सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएको अवस्था छ ।
लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने, सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएको अवस्था छ । यस पटक भएको महासंघको निर्बाचन प्रत्यक्ष रुपमा भएको पहिलो निर्बाचन हो ।