सामाजिक सञ्जाल

तक्मामा लिम्पियाधुरा/लिपुलेक/कालापानी क्षेत्र नराखिनुको आशय के हो ? –रावलको प्रश्न

२८ चैत, काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? भन्दै प्रश्न गरेका छन् । उनले यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन? भन्ने आशंका गर्दै प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ भनेका छन् ।
नेता रावलको स्टाटस्ः राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ। यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन?