सामाजिक सञ्जाल

धनराजको प्रश्नः सार्बभौमसत्ता जनतामा भन्ने, बिदेशी प्रभुको खटन किन माग्ने ?

२८ चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सार्बभौमसत्ता जनतामा भन्छौं!, बिदेशी प्रभुको खटन किन मान्छौं ? भन्दै प्रश्न गरेका छन् । नेता गुरुङले ट्वीटमा लेख्दै बिदेशी प्रभुको खटन भन्दै बिदेशी खुफिया पस्छ घरभित्र खुसुक्क, उनैको खटनपटनमा हामी लुरुक्क भन्ने नेपालका उच्च तहका राजनीतिज्ञलाई ब्यंग्य गरेका छन् । उनले कवितात्मक शैलीमा दन्कियो आगो राष्ट्रवादको छानामा!, हाम्रो झगडा? भाग मिलेन खानामा!! भनेका छन् । नेता गुरुङले उस्तै छन् झगडीयाहरुको अनुहार!, सबैले उनैसँग माग्छन् गुहार!! भन्दै आक्रोश पोखेका छन् ।
नेता गुरुङको कवितात्मक शैलीको ट्वीटः
‘बिदेशी प्रभुको खटन’
बिदेशी खुफिया पस्छ घरभित्र खुसुक्क!
उनैको खटनपटनमा हामी लुरुक्क!!
दन्कियो आगो राष्ट्रवादको छानामा!
हाम्रो झगडा? भाग मिलेन खानामा!!
उस्तै छन् झगडीयाहरुको अनुहार!
सबैले उनैसँग माग्छन् गुहार!!
सार्बभौमसत्ता जनतामा भन्छौं!
बिदेशी प्रभुको खटन किन मान्छौं ?!