सामाजिक सञ्जाल

डा.आचार्यको टिप्पणीः नेता असफल, सरकार असफल

२८ चैत्र, काठमाडौं । भौतिक तथा पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले वर्तमान सरकार तथा राजनीतिक दलका नेताहरु सबै असफल भएको टिप्पणी गरेका छन् ।

डा. आचार्यले आज ट्वीट गर्दै नेता र सरकार मात्रै असफल नभई संसदीय प्रणाली नै असफल भएको समेत बताएका छन् । उनले चल्तिको अकर्मण्य राजनीति असफल भएको भन्दै आम नागरिक भरपर्दो विकल्पको पर्खाईमा रहेको बिचार व्यक्त गरेका छन् ।

डा.आचार्यले भरपर्दो नयाँ राजनीतिक शक्तिको निर्माण हुन सक्ला ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तै अर्काे फरक ट्वीट गर्दै सांसदले विकासका आयोजना रोक्ने नभई आयोजना कसरी पारदर्शि र प्रभावकारी हिसाबले सञ्चालन गर्ने भन्ने निती र कानुन बनाउने भएको धारणा व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनपछि तीव्र गतिमा निर्माण अघि बढिरहेको काठमाडौं-तराई द्रुतमार्ग फाष्ट ट्रयाकको काम ठप्प भएपछि उनले यस्तै हो भने जनताले संसद र विकास कुन रोज्ने भनेर सोच्लान है समेत भनेका छन् ।  डा.आचार्य विवेकशील साझा पार्टीका पुर्व प्रवक्ता समेत हुन् ।