पत्रपत्रिका

जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

२८ चैत्र, काठमाडौं । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको छ  । गैरदलित छिमेकीको कुटाइबाट कन्काई- ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन्  । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए ।

पति बलबहादुरको ज्यान गएपछि पत्नी मुना ठूलो सन्तापमा छिन्  । उनी दुवै आँखा देख्दिनन्  । घिमिरे परिवारले विगतदेखि नै आफूहरूमाथि जातीय विभेद गर्दै आएको उनले बताइन ।

                                                         नयाँ पत्रिकाबाट लिएको