राजनीति

पुनः मन्त्रीमा नियुक्त भएका ४ मन्त्रीलाई भिम रावलले दिए पदलोलुपको संज्ञा

२८ चैत्र, काठमाडौं । नेकपा एमाले (माधव नेपाल) समुहका डा.नेता भीम रावलले माओवादी केन्द्र छाडेर एमालेमा लागेका ४ नेतालाई पदलोलुपको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको साथमा लागि नेताहरु माओवादी ब्युँतिदा समेत नेकपा माओवादी केन्द्रमा फर्किएका थिएनन् ।

जसका कारण दाहाल अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाएको थियो । सांसद पद खारेज भएसंगै चार मन्त्रीको मन्त्री पद खोसिएको थियो ।

तर प्रधानमन्त्री ओलीले भने फेरि ६ महिनाका लागि मन्त्री बनाएपछि नेता रावलले यो प्रवृत्ति आजको देशको प्रमुख समस्या रहेको टिप्पणी गरेका छन् ।

उनको ट्वीटः प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिने,पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाँग गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुण्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो ।