राजनीति

सत्ताभन्दा प्रणाली बचाउने कार्य काँग्रेसलाई महत्वपूर्णः बरिष्ठ नेता पौडेल

२७ चैत, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको पहिलो शर्त नै प्रणाली भएको बताएका छन् । काँग्रेस बरिष्ठ नेता पौडेलले काठमाडौंको निजामति कर्मचारी यूनियनको भेला तथा कार्यक्रममा बोल्दै सबैले केपी ओलीको र काँग्रेसको नारा एउटै हो भन्ने आरोप लगाउने गरेको आरोप लाग्ने गरेको बताउँदै कर्मचारीको योगदान व्यवस्था बचाउनमा महत्वपूर्ण भएको बताए ।
नेता पौडेलले व्यवस्था सत्ता भन्दा महत्वपूर्ण भएको बताउँदै प्रणाली बचेका सत्ता आफैं आउने दाबी गरे । उनले लोकतन्त्रको मर्म, निमुखालाई न्याय बिपन्नलाई आय बुझेर अगाडी बढेमा राम्रो हुने बताए । उनले काँग्रेसलाई समर्थन गर्न भन्दा पक्षपातलाई रोक्नु महत्वपूर्ण भएको बताए । उनले नेपालमा पक्षपातको शासन भईरहेको र कम्युनिष्टहरु पक्षपातको प्रणालीमा लागेको बताउँदै उक्त कुरा जनतालाई बुझाउन जरुरी भएको बताए । प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको बिचार छर्लंग हुने भन्दै सत्तालाई निरंकुश बनाउन उद्यत रहेको बताए । उनले संबैधानिक परीषदलाई एकलौटी बनाउन लागी परेको भन्दै प्रधानमन्त्रीले लोकतन्त्रका बिरुद्धमा चालेका कदमको पुष्टी यसैबाट हुने बताए ।
नेता पौडेलले काँग्रेसको अधिवेशनको बारेमा कुरा गर्ने बेलामा चुनाव चुनावको बषियमा बहस हुने गरेको भन्दै सरकार लोकतन्त्रको भर्यांग चढेर सर्बसत्ताबादतर्फ अगाडी बढेको बताए ।
उनले एउटै कुरा सोचौं लोकतन्त्र कसरी बचाउने भन्ने सोचनुपर्ने बताउँदै आफूपनि कति लोकतन्त्रबादी छौं भन्ने स्पष्ट हुनुपर्ने बताए । नेता पौडेलले सत्राले कर्मचारीलाई हेला गरेको बताउँदै निरंकुशतातर्फ गएको सत्तालाई बिकल्पका लागि खुल्ला हुनुपर्ने बताए । काँग्रेसले कर्मचारीका लागि सुरक्षाको ग्यारेन्टी गर्ने भन्दै कर्मचारीलाई पींडाबाट मुक्त गर्न काँग्रेस सदैब तयार रहने बताए । उनले नेताको कर्तब्य नै देशलाई बचाउने भएको बताउँदै आगामी पार्टीको हितका लागि आफू अगाडी बढ्न तयार रहेको बताए ।