मनोरञ्जन

श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा चर्चित गीत बुलबुल तालैमा‘ सार्वजनिक

२७ चैत्र, काठमाडौं ।  गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर गीत चर्चित बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ ।

२०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस बुलबुल तालैमा‘ गीत २०५४ सालमा रि-रेकर्डिङ हुदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो ।

दर्शक तथा स्रोताको मनमा बस्न सफल बुलबुल तालैमा‘ गीतलाई श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा पुन रि- रेकर्डिङ गरि सार्वजनिक गरिएको हो ।

गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् । कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ ।

गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंछा तामांग फिचर्ड गरिएको छ। संसारको सबै भन्दा होचो व्यक्ति मनोज बिकको समेत यस गीतमा अभिनय रहेको रहेको ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।गीतलाई फुर्बा पाख्रिन तामांगले रेकर्डिङ गरेका हुन् । यस गीतमा श्याम गुरुङको स्वर अमेरिकाको मेलोडी स्टुडियो बाल्टिमोरमा रेकर्ड गरिएको हो ।

गितको भिडियोः