मनोरञ्जन

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

२७ चैत्र, काठमाडौं । गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ ।

गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ । टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ ।

टुक मान विश्वकर्माको छायाँकन , दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भटट र ओवी रायमाझीको अभिनय रहेको छ ।

गितको भिडियोः