मनोरञ्जन

गायिका अबुन पाण्डेको स्वरमा प्रेम प्याला सार्वजनिक

२७ चैत्र, काठमाडौं । गायिका अबुन पाण्डेको स्वरमा प्रेम प्याला सार्वजनिक भएको छ । जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन् । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ ।

सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन् ।

भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ ।

गितको भिडियोः