लुम्बिनी

निणर्य पुस्थापना केन्द्रमा लागु औषधमा फसेकाहरुको युरिन किटद्घारा जाँच

दाङ २६ चैत । निणर्य पुस्थापना केन्द्र घोराही १५ रतनपुर दाङले लागु औषध प्रयोग गरेरनगरेको थाहा पाउनको लागि जाँच गर्ने मेसिन ल्याएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ रतनपुरमा लागू औषध दुव्र्यसन रोकथाम गर्न यो किट ल्याएको पुस्थापना केन्द्रले बताएको छ ।

पतञ्जली योग पिठ हरिद्घार बाट आएका पुज्या साध्वि देवविजयानीले कानूनको कार्यान्यन र लागु औषध प्रयोगकर्ताको सहि पहिचान हुन नसक्दा यो समस्या रहेको बताएका छन् ।

पछिल्लो समय स्कुल कलेजमा पढ्ने विद्यार्थीहरु बढी लागु औषधमा फस्ने गरेको भन्दै यसलाई न्युनिकरण गर्न युरिनकिटको माध्यमबाट परिक्षण गर्न सकिने बताए ।

लागु औषध प्रयोग गर्ने विद्यार्थी वा कुनै व्यक्तीमा संका लागेमा उनीहरुको अभिभावकलाई खबर गरेर चेक गर्न सकिने उनको भनाई छ । उनले हरेक विद्यालयमा यो अभियान लागू गर्न सके लागू औषधमा फसेकाहरुलाई निराकरण गर्न सकिने बताए ।

केन्द्रमा उपचाररतको सुगर, बिपि जाँच र मानसिक सन्तुलन गुमाएका ब्यक्तिका लागि डा। मोहोन बेल्बासले सेवा दिदै आएको कृष्ण अधिकारीले जानकारी दिए ।