बाग्मती

गाउलाइ सहरसग नजोडी समृद्धिको सपना पूरा हुनसक्दैनः मेयर गच्छदार

२६ चैत्र, दुहबी । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता तथा दुहबी नगरपालिका प्रमुख बेद नारायण गच्छदार दिन रात नभनी नागरिकको सेवामा समर्पित रहेका छन । आफ्नो कार्यकालमा दुहबी क्षेत्रका नागरिकले अनुभुती हुनेगरी बिकास र परिवर्तन महशुस गरून् भन्ने हेतुले मेयर मा बिजयी भएदेखी नै सेवामा समर्पित रहेका छन।

गच्छदारले ग्रामीण भेकका नागरिक लाई समेत सहर सग नजोडे सम्म समृद्धि को सपना पूरा नहुने भन्दै सडक सन्जाल लाई बृहतिकरण गरेका छ्न् । सोनापुर, छाताबेलि,पुर्वकुशाहा हुँदै दुहबी बजार सम्मको कच्ची सडकलाइ दुहबी बजार सम्म जोड्दै कालोपत्रे गर्ने कार्य भैरहेको छ ।यस्ले गर्दा ग्रामिण भेकमा उत्पादित तरकारी र खाद्यान्न बालिहरु सहजै बजार आयात हुन सक्ने र बिक्री बितरण हुने हुदा कृसकको आय आम्दानी बढ्ने मात्र नभै यश क्षेत्रका उपभोक्ताले सरल मुल्यमा सामान पाउन सक्ने छन।

गच्छदारले युवाहरुलाइ खेलकुदको माध्यम बाट अगाडि बढाउदै देश बिदेश सम्म खेल्न सक्ने गरि खेलाडी उत्पादन गराउने उदेश्य सहित करोडौं को लगानिमा रङ्गशाला निर्माण गरेका छन भने फुट्बल जगतलार्इ ख्यातिप्राप्त स्थान हासिल गराउन फुटबल एकेडेमी समेत बनाउदैछन ।

कृकेट खेलाडी उत्पादन गर्ने आसयले कृकेट नेत बनी सकेको छ भने भलिवल, डोरि तान लगायत खेल को स्थर उन्नती गर्न विभिन्न कार्य सन्चालन गरेका छन्। बिगत ६० बर्ष देखि अब्यवस्थित भिडभाड हुने साप्ताहिक हाटले दुर्घटना निम्त्याउन सक्ने कुरा मध्य नजरगर्दै दुरदर्शिता मेयर गच्छदारले ब्यवस्थित हाटबजार स्थानान्तरण गरेका छन दैनिक गुद्री बजार लाई समेत एकै ठाउमा उपभोक्ताले सबै सामान पाउन सकुन र समयको बचत होस भन्दै त्यस्लाइ समेत ब्यवस्थित गरेका छन् ।

मनोरन्जनका हिसाबले कुनै उपयुक्त ठाउँ नहुँदा याहाका नागरिकहरु अन्यत्र जानू पर्ने बाध्यता नहोस भन्दै करोडौको लगानिमा देशकै नमुना वाटर फन पार्क बनाउने कार्य सुरु हुन लागेको छ भने हरित पार्क निर्माण का लागि काम अगाडि बडिसकेको छ। सुबिधा सम्पन्न १५ बेडको नगर अस्पताल बन्ने क्रममा छ। नगरका १२ ओटै वडामा आधारभुत स्वास्थ्य चौकी बनिसकेका छन।

बालबालिकाले गुणस्तर शिक्षा प्राप्त गरून् भन्दै प्रबिधिमैत्री आधुनिक शिक्षा प्रणाली भित्राउदै सरस्वती माबी लाई नमुना माबी का रुपमा अगाडि सारेका छन भने सोही अनुरुपको बृहत भवन निर्माणाधिन छ। बातावरण प्रदुषण नियन्त्रण तथा फोहोर ब्यावस्थापन का लागि गच्छदारले पुर्वकै पहिलो प्लान्ट निर्माण गरि फोहोर लाई रिसाइकलिङ्ग गर्ने र सस्तो मुल्यमा कृषक लाई मल बितरण गर्ने उदेश्य सहित फोहोर ब्यावस्थापन केन्द्र बनाउन ठेक्का निकाली सकेका छन् ।गरिब तथा बिपन्न नागरिकलाइ ‘नगर प्रमुख आवास योजना’ मार्फत ११६ घर निर्माण गरि सुरक्षीत तथा ब्यवस्थित बसोबास हस्तान्तरणका लागि अन्तिम चरण मा रहेको छ ।

अपाङ्गता भएका नागरिकको खोजतलास गरि परिचय नवीकरण र बितरण प्रत्येक वडामा शिबिर राखेरै बितरण गरेका छन भने उनिहरुलाइ क्षेमता अनुसारको सीप सिकाएर स्वरोजगार आय आर्जन गराउने कार्य तत्कालै थाल्ने भएका छन्।

नगरका १२ वटा वडाभरी स्वास्थ्य शिबिर सन्चालन गरि आखासम्बन्धी रोग जलबिन्दु,मोतिया बिन्दु,आखामा माशुपलाएका बिरामी को निशुल्क उपचार गराएका छन यस्ता बिरामिले शिबिर मात्रै हैन आफू नगरमा रहुन्जेल जतिबेला पनि सिधा सम्पर्क गरि निशुल्क उपचार लिन आउनको लागि आग्रहसमेत गरेका छन् । समाजमा जेष्ठ नागरिकहरु अपहेलित हुने र धेरै पिडायुक्त जीवन ब्यतित गर्ने हुदा यस्तो अबस्थालाई परिवर्तन गर्नु पर्छ र सम्मानजनक जीवन बाच्न दिनु पर्छ भन्ने उदेश्यले जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत सचेतना फैलाएका छन ।

हरेक को घर मा चुलो बल्नु पर्छ, हरेक नागरिकले सुबिधा पाउनु पर्छ,हरेक नागरिक शुखी हुनु पर्छ अनि मात्रै समृद्धि आउँछ भन्ने सपना बोकेका गच्छदार नागरिकको जस्तो सुकै समस्या आइ परेपनी तत्कालै स्थलगत अनुगमन गरि सम्बोधन गर्ने गरेका छन् ।

युवा भएपनी आफू ग्रामिण भेकको किसान परिवार मा जन्मेको हुदा समाजका बिकृती बिसङ्गती, दुःख पीडा नजिक बाट नियालेकोले सबैखाले नागरिकको समस्याले आफ्नो मन छुने गरेको साथै आफ्नो कार्यकाल मा सके जति सेवा प्रवाह गरि परिवर्तन गरेरै छाड्ने बताएका छन् ।