पु.समाचार

पत्रकार महासंघ निर्वाचनः देभैभरीबाट मरिणाम आउने क्रम जारी

२६ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

आज बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् । अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।

यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानलले अध्यक्षसहितका पदमा वर्चश्व कायम गरेको छ ।

दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएका छन् । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ ।

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । थापा प्रेस चौतारी निकट पत्रकार हुन् । पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित भएका छन् ।

डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ । यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ ।

पाल्पामा माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् । गुल्मीमा माधव नेपाल निकट प्रेस चौतारीका टोललाल अर्याल विजयी भएका छन् ।

अर्घाखाँचीमा प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् । रोल्पामा पनि प्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ । प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् ।

अहिलेसम्मको मतपरिणाममा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ । महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकीलाई पनि केहीले भोट हालेका छन् ।

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ । कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ ।