बाग्मती

पत्रकार महासंघ ललितपुर अध्यक्षमा न्यौपाने प्यानलको जितः औपचारिक घोषणा हुँदै

२६ चैत्र, काठमाडौं । नेपाल पत्रकारको बुधबार सम्पन्न निवार्चनको मत परिणाम आउने क्रम सुरु भएको छ ।

यसैक्रममा नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।