अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको दोस्रो लहरले तोड्दै रेकर्डः एकै दिन १ लाख १५ हजार भेटिए

२५ चैत्र, एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहर तिब्र बन्दै भएको छ । आज एकैदिन १ लाख १५ हजार संक्रमीत थपिएर दोस्रो लहरले रेकर्ड नै तोडेको छ ।

यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २८ लाख १ हजार ७८५ पुगेको छ ।

यस्तै, संक्रमणका कारण थप ६३० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड १९ संक्रमणका कारण १ लाख ६६ हजार १७७ जनाको मृत्यु भइसकेको छ ।

करिब एक महिनायता भारतमा संक्रमणको गति बढ्दै गइरहेको छ । त्यसैले विभिन्न राज्यहरुले लकडाउन, कर्फ्यू लगायतका प्रतिबन्धहरु लगाउन सुरु गरिरहेका छन् ।

आज बिहानसम्म भारतमा ८ लाख ४३ हजार ४७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतमा संक्रमणको दर बढ्दै जाँदा भ्याक्सिन लगाउने कार्य पनि बढेको छ । भारतमा ८ करोड ७० लाख ७७ हजार ४७४ जनाले भ्याक्सिन लगाइसकेका छन् ।