राजनीति

नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगरौंः सूर्य थापा

२५ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल कै पोल्टामै जाने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले समानान्तर कमिटीहरूको घोषणाले नेपाललाई अन्ततः माओवादी र दाहालको पोल्टामा नै पुर्याउने निश्चितप्राय भएको ठोकुवा गरेका छन् ।

माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको र अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढेका बेला थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले नेकपा (एमाले), जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि उनको धारणा छ । साथै पाले भने, जनता दुई कदम अगाडि स्पष्ट छन् ।

उनले पार्टीका अन्य नेता कार्यकर्तालाई केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल नगर्न समेत सचेत गराएका छन् ।

उनको ट्वीटः समानान्तर कमिटीहरूको घोषणाले अन्ततस् माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायःछ । नेकपा (एमाले) जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगरौं ।