समाचार

वायु प्रदुषण हावा-हुरी र पानी नपरेसम्म नहट्ने विज्ञको दावी

२५ चैत्र, काठमाडौं । बिगत केही दिनदेखी उच्च रहेको काठमाडौंको वायु प्रदुषन अँझै यथावत रहने भएकाे छ ।

मौसमवीद बरुण पौडेलका अनुसार अन्य दिन जस्तै आजपनि काठमाडौंको वायुप्रदुषण यथावत रहेको छ । यस्तै आज काठमाडौंको भिजिविलिटि दुई हजार मिटर छ भने दिउँसो सम्म तिन हजारसम्म पुगेपनि वायु प्रदुषण नघट्ने उनले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौं, धरान, पोखरा जस्ता देशका ठुला सहरमा यतिबेला वायु प्रदुषण रहेको छ । साथै यो प्रदुषण ठुलो पानि नपरे वा हावा नचलेसम्म नहट्ने पनि उनको भनाई छ ।

यद्यपि मुलुकमा केहिदिन पानि पर्ने सम्भावना भने एकदमै कम छ । यस्तै अघिल्लो वर्षभन्दा यो वर्ष डढेलाे धेरै लागेका कारण यो वर्ष वायु प्रदुषण भएको विज्ञहरुको भनाई छ ।

विज्ञहरुले वायुप्रदुषणले स्वास्थ्यमा असर गर्ने भन्दै अत्यावस्यक काम बाहेक केहिदिन अनावस्यक रुपमा घरबाहिर ननिस्कन र धुँवा उत्पादन गर्ने उद्योग धन्दा बन्द गर्न आग्रह समेत गरेका छन् ।

प्रदूषण नियन्त्रणको लागि वातावरण विभागले कार्ययोजना नै बनाएको छ । तर उक्त कार्ययोजना प्रभावकारी ढङ्गबाट लागु नहुँदा काठमाडौं उपत्यकाका मानिसले स्वच्छ स्वास फेर्न पाएका छैनन् ।

उपत्यकाका कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ ।