सामाजिक सञ्जाल

प्रधानमन्त्रीको वैधानिकताको प्रश्न लम्बिनु प्रशासन ठप्प हुनु सरह होः दमननाथ

२४ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्रीको वैधानिकताको प्रश्न लम्बिनु भनेको प्रशासन ठप्प हुनु सरह रहेकाे बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनै पर्नेमा जोड दिँदै प्रकृया सुरू गर्ने गराउने कसले ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गर्दा संविधान मिचिएको र अहिले प्रतिनिधिसभा नियमावली मिचिदै गएको प्रति पनी उनले टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र अदालतबाटै अलग्गिएपछि नै समर्थन नरहेको उनको भनाई छ ।

उनको ट्वीटः प्र.म.को वैधानिकताको प्रश्न लम्बिनु भनेको प्रशासन ठप्प हुनु सरह हो । विघटन गर्दा संविधान मिचियो, अहिले प्रतिनिधिसभा नियमावली मिचिदैछ । नेकपा (माओवादी केन्द्र) अदालतबाटै अलग्गिएपछि समर्थन रहेन । प्र.म.ले विश्वासको मत लिनै पर्यो । प्रकृया सुरू गर्ने गराउने कसले ?