२४ चैत्र, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समुहले बाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दैछ ।
केन्द्रदेखी वडासम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको उक्त समुहले आज बाग्मतीमा गर्न लागेको हो । मध्यान्ह १२ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी प्यालेसमा बस्ने वाग्मती प्रदेशको स्थायी समितिको बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।
सर्बाेच्च अदालतले नेकपा बिभाजनको फैसला गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओली र खानाल-नेपाल पक्षले समानान्तर ढंगले गतिविधि गर्दै आएका छन् ।
प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाएपनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने खनाल-नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् ।