मनोरञ्जन

सपन श्रेष्ठको ट्रेन्डिङ नं १ मा पल शाह र दुर्गेश

२४ चैत्र, काठमाडौं ।  नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को तिमी यसै लजायो बोलायो बोलायो पोखरेली मायाले र लै बरी लै जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन ।

गायिका स्मिता दाहाल र सपन श्रेष्ठको हाम्रो माया ट्रेन्डिङ नं १ मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ ।

पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ , यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ । यस गीतमा पनि गायक सपन श्रेष्ठले दुई लाई फिचर्ड गराएर यस भिडियो बाट राम्रै आशा राखेका छन । मैले अहिलेको ट्रेन्ड लाई फलो पक्कै गरेको हुँ तर गीतले नै दुई लाई मागेको हुनाले फिचर्ड गराएको हुँ ,राम्रै भएको छ म खुशी छु गायक सपन श्रेष्ठ ।

गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटि लाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ। गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी , शिलन लम्सालको सम्पादन तथा कलर , सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाको रहेको यस गीतको भिडियो लाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गितको भेडियोः