सामाजिक सञ्जाल

सरकार त फेरि लकडाउन लाउनुपर्ला है भनेर जनतालाई थर्काउँदै पो छः संग्रौला

२४ चैत्र, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले मुलुकमा फेरी दोस्रो लहरको कोरोना संक्रमणको जोखिममा समेत सरकारले कुनै चासो नदिएको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले कोरोना संक्रमण फेरि ह्वात्तै बढेदा अफ्ना अनुपम उपलव्धिहरू गन्नमै मस्त सरकारको न खोप ल्याउने तत्परतामा न परीक्षण बढाउने चेष्टा रहेको भन्दै टिप्पणी गरेका छन् ।

सरकार त फेरि लकडाउन लाउनुपर्ला है भनेर जनतालाई थर्काउँदै पो छ उनले भने । उनले अगाडी भनेका छन्, पाइनसक्नु चटके सरकारचैँ दूरदर्शी नेपाली मतदाताले बुध्दि पुय्राएरै बनाएका हुन् बा १ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमीतको संख्यामा बृद्धि हुँदै गएपछि संग्रौलाले यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः कोरोना संक्रमण फेरि ह्वात्तै बढ्यो । आफ्ना अनुपम उपलव्धिहरू गन्नमै मस्त सरकारको न खोप ल्याउने तत्परता छ न परीक्षण बढाउने चेष्टा छ । सरकार त फेरि लकडाउन लाउनुपर्ला है भनेर जनतालाई थर्काउँदै पो छ । पाइनसक्नु चटके सरकारचैँ दूरदर्शी नेपाली मतदाताले बुध्दि पुय्राएरै बनाएका हुन् बा१