आर्थिक

सानिमा बैंकको KYC विद्युतीयबाट अद्यावधिक गर्ने सुविधा संचालनमा

२३ चैत, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।
सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइट www.sanimabank.comमा login गरी“Online KYC Update”माक्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेरआफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् । यद्यपी मोबाइलनम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थितनभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दाधेरै ग्राहकहरु लाभान्वितहुने बैंकको विश्वास रहेको छ ।
सानिमा बैंककाे सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।