प्रदेश 1

प्रदेश १ का मुख्यमन्त्री राईबिरुद्ध अविश्वाको प्रस्ताव फिर्ता लिँदै माओवादी

२३ चैत्र, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनराई बिरुद्ध अविश्वासको प्रस्ताव फिर्ता लिने माओवादी केन्द्रले निर्णय गरेको छ ।

मुख्यमन्त्री राई बिरुद्ध गत पुष ११ गते तत्काली नेकपाको माधन नेपाल र पुष्पकमल दाहाल समुहका ३७ जना सांसदले मुख्यमन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर सर्बाेच्च अदालतले एमाले र माओवादी केन्द्र व्युँताईदिएपछि चैत्र १७ गते एमालेकाे माधव नेपाल समुहले भने अविस्वासको प्रस्ताव फिर्ता लिएका थिए । अविश्वासको प्रस्ताव पास नहुने संकेत देखेपछि माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभको सातौं हिउँदे अधिवेशनको चौठो बैठकबाट माओवादी केन्द्रले औपचाकि रुपमा अविस्वासको प्रस्ताव फिर्ता लिने भएको हो ।