विचार/ब्लग

कोरोना दोस्रो लहरः भारतीय सीमामा कडाई नगरे स्थिति जटिल

शोभा रावत/ विश्वमा यतिबेला पुनः कोरोनाको दोस्रो लहर सुरु भएको छ । भारमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ब्राजिललगायतका अन्य केही मुलुकमा नयाँ कोरोना संक्रमीत थपिँदै गएका छन् । कोरोना संक्रमणको गति तिब्र बढ्दै गएपछि झण्डै एकर्षपछि खुलेको लकडाउन/कफ्र्यु पनि फेरि सुरु हुन थालेको छ ।
गत २०१९ अंग्रेजी महिनाको डिसेम्बर महिनामा चीनको वुहान सहरदेखी सुरु भएको प्राणघातक कोरोना भाईरस महामारीले आजसम्म आईपुग्दा २८ लाख ६६ हजारभन्दा बढीको ज्यान लिईसकेको छ भने १३ करोड १९ लाख भन्दा वढी संक्रमीत भएका छन् । एक वर्ष भन्दा बढीसम्म पुरै विश्वलाई नै अस्त–व्यस्त र आक्रान्त पारेको कोरोना भाईरसको संक्रमण फैलने क्रममा भ्यास्नि बनेपछि केहि सुधार भएर प्रायः सबै मुलुकहरुले आफ्नो देशमा लगाएको लकडाउनको पनि अन्त्य गरेका थिए । साथै बिभिन्न मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन खोप निमार्ण गरेपछि कोरोनाले आक्रान्त बनेको बिश्वले नै केहि राहतको महशुस गर्याे । बिभिन्न देशले आफ्ना नागरिकहरुलाई कोरोना बिरुद्धको खोप सहयोगस्वरुपसमेत दिन थाले । र विश्वमा नै क्रमैसंग कोरोनाको संक्रमीत र मृत्युदरमा पनि उल्लेख्य सुधार आउँदै गयो । भने उद्योग, व्यापार, व्यवसाय, बिद्यालय, उद्योगधन्दाहरु, पर्यटन पनि नियमित रुपमा सञ्चालनमा आउन थाले । कोरोनाका कारण बिचैमा रोकिएका बिभिन्न विकासका आयोजनाहरुले पनि क्रमसः गति लिन थाले ।
खोप निर्माण गरेका देशहरुले अन्य देशहरुलाई पनि अनुदानमा कोरोना खोप दिए र उक्त मुलुकहरुले आफ्ना मुलुकका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुले कोरोना विरुद्धको खोप दिन थालेका थिए । नेपाललाई पनि छिमेकी मुलुक चीन र भारतलगायतले कोरोना खोप अनुदानमा दिए भने केही खोप नेपाल सरकारले खरिद गरेर ल्यायो । र अग्रपंक्तिमा खट्ने डाक्टर, सुरक्षाकर्मी, फोहर संकलन गर्ने कर्मचारी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, बृद्ध–बृद्धा, पत्रकार–सञ्चरकर्मी लगायतकालाई कोरोना बिरुद्धको खोप दिईयो ।
विश्वमा नै कोरोना खोप लगाउन थालिएपछि कोरोना संक्रमणको जोखिम केही कम हुँदै गएको महशुस गरियो र पुरै बिश्व फेरी पुरानै लयमा फर्कन सुरु गर्याे । कोरोनाका कारण चौपट भएका उद्योग व्यवसायहरु पुनः फस्टाउन थाले, शिक्षण संस्थाहरुमा पढाई हुन थाले । लकडाउन खुलेसंगै बिभिन्न देशबाट पर्यटकहरु आउन थालेपछि नेपालमा पर्यटन व्यवस्याय, होटल व्यवसायहरुले पनि केही राहत पाउन थाले । यस्तै हवाई क्षेत्रमा लगाईएको लकडाउन हटाईएपछि बाह्य मुलुकमा रोजगारीका लागि जाने नेपालीहरु पनि जान थाले र रेमिट्यान्समा पनि उल्लेख्य सुधार हुँदै जाँदा मुलुकमा सिंगो आर्थिक गतिविधि चलायमान हुन थाल्यो ।
तर बिडम्बना भारत लगायतका अन्य मुलुकहरुमा फेरी कोरोनाको दोस्रो लहर सुरु भएको छ । बिभिन्न मुलुकहरुमा फेरी धमाधम कोरोना संक्रमीतहरुको संख्यामा बृद्धि हुन थालेसंगै विश्वमा पुनः कोरोनाको कालो बादल मडारिन थालेको छ । भारतमा तिब्र रुपमा बढ्दो नयाँ कोरोना संक्रमण संगै नेपाल लगायतका छिमेकी मुलुकहरुमा समेत तेस्को प्रत्यक्ष प्रभाव पार्न थालेको छ । भारतमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिदैगर्दाखेरी नेपाल पनि कोरोनाको उच्च जोखिममा परेको छ ।
यस्तै एकातिर नेपालमा कोरोना कहरको दोस्रो लहर सुरु हुने उच्च जोखिमको अवस्था छ भने सरकारमा रहेकाहरु वा राजनीतिक उच्च नेतृत्वमा रहेकाहरु भने जनताको स्वास्थ्य सुरक्षा भन्दा पनि पद र प्रतिष्ठाका लागि लुछाचुँडिको खेलमा रुमलीएका छन् । कोरोना माहामारीले भन्दा पनि राजनैतिक महामारीले यतिबेला जनता÷सिंगो मुलुक पिरोलिएका छन् । एकथरि प्रधानमन्त्री ओलीलाई हटाउनमा मरिमेटी लागेका छन् त अर्का थरि ओलीलाई बाचाई राख्नमा तर देश, जनताको बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
कोरोनाको दोस्रो लहर सुरु हुन नदिने बिषयमा सम्पुर्ण राजनीतिक दलहरु बसेर छलफल गर्नुपर्नेमा एकले अर्काे पार्टीलाई कसरी हराउने वा आँफुले ठुलो दल कसरी बनाउने सरकारमा कसरी जाने भन्नेबारेमा दैनिकजसो बैठक हुने गरेका छन् । तर भारतमा बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै सिमामा कस्तो व्यवस्था मिलाउने भन्नेबारेमा आजसम्म एउटा पनि बैठक बसेको देखिँदैन ।
भारतसंगको खुला सीमा नाका र सीमा नाकामा आहिले आवत–जावतमा भईरहेको लापरबाहीले नेपाल फेरी कोरोना महामारीको चपेटामा पर्ने खतरा बढेर गएको छ । उता नेपाल सरकारले फेरी उहि पनि पुरानै गल्ति दोहर्याेउँदै गएको छ । जुन गल्तिले आजसम्म ३ हजारभन्दा वढी नेपालीले ज्यान गुमाउनु पर्याे भने २ लाख ७७ हजार नेपाली संक्रमीत भए । पहिलो चरणको कोरोना संकमण फैलँदा सिमामा भएको लापरबाहीले नेपाली जनता झण्डै एकवर्ष लकडाउनमा बस्नुपर्याे भने उद्योगधन्दा, व्यापार मा नराम्रो क्षति भयो । नेपाल सरकारले फेरी पनि सीमानाकामा गरिरहेको पुरानै गल्तिका कारण नेपालमा कोरोनाको उच्च जोखिम बढेको छ ।
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसंगै रोजगारीका लागी भारत गएका नेपालीहरु फेरि निर्वाध रुपमा विभिन्न सिमानाका हुँदै घर फर्कन थालेका छन् । तर सीमा नाकामा खासै चेक जाँच गरेको पाईएको छैन । कुनै स्वास्थ्य मापदण्ड पुरा नै नगरि सीमा नाकाबाट खुल्लम–खुल्ला नेपालमा आउन दिईएको छ । सीमामा न त कुनै हेल्थडेस्क राखिएको छ न त सीमा नाका भएर आउनेहरुको स्वास्थ्य जाँच नै गरिएको छ । सीमा नाका भएर आउने नेपाली निर्धक्कका साथ घर, गाउँमा सिधै गएर घुलमिल भईरहेका छन् । जस्तोकी केही पनि भएको छैन जसरी ।
यतिमात्रै होईन सीमापारी किनमेल गर्न जानेहरुको नाकामा उस्तै घुँईचो हुने गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैत्रमा अत्यावश्यक काम बाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएपनि त्यो त्यसको कार्यन्वयन फितलो देखिएको छ । नाकामा प्रतिबन्धको कुनै नमुना पनि देखिएको छैन, भने दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै रहने गरेको छ ।
नेपाल सरकारले भारतमा फैलिएको कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै सीमा नाकामा तत्काल स्वास्थ्य सुरक्षामा कडाई नगर्ने हो भने भोली भारतले ब्यहोरेको समस्या नेपालले बेहोर्न नपर्ला भन्न सकिँदैन ।
नेपाल सरकारले सीमा नाका भएर आउने प्रत्येक नागरिकलाई सिधै घरमा नभई क्वारेन्टाईनमा गएर वस्ने व्यवस्था मिलाउन आवस्यक छ । भारतबाट आउने प्रत्येक नागरिकको कोरोना परिक्षण गरी कोरोना संक्रमीत छैन भन्ने प्रमाणीत गरेर मात्रै घरमा पठाउने व्यवस्था मिलाउनु पर्दछ भने सीमामा पनि स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन जरुरी छ । नेपालमा कोरोनाको दोस्रो लहरले फेरी लकडाउन हुने हो भने कयौं नेपाली खाना खानै नपाएर मर्नुपर्ने अवस्था आउन सक्छ ।