अन्तर्राष्ट्रिय

भारतमा अहिलेसम्मकै बढी थपीए संक्रमीत, २४ घण्टामै झण्डै बढे एक लाख ४ हजार

२३ चैत्र, नयाँदिल्ली । कोरोना संक्रमण भएपछिको पछिल्ला दिनमध्ये भारतमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमण पुष्टी भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्ला दिनको गणनामा एक लाख ३ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिश्वब्यापी माहामारी सुरु भएयता एक लाख ६५ हजार १०१ जनाले ज्यान गुमाउनुपरेको भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४७८ जनाले ज्यान गुमाएका छन् ।
दिल्ली, महाराष्ट्र, उडिसा, उत्तर प्रदेश लगायतका क्षेत्रमा माहामारीको अवस्था नाजुक भोग्दैगएको भारतका केही राजयका केही जिल्ला तथा भागमा पछिल्लो आईतबारबाट एक साताका लागि लकडाउनसमेत घोषणा गरिसकेको अवस्था छ । कोरोना संक्रमणका कारण भयाभह स्थीतीपछि सामान्यीकरणमा जान थालेको भारत कोरानोको चपेटामा पुनः प्रवेश गर्न थालेको छ ।