सामाजिक सञ्जाल

बिदेशबाट नेपाल भित्रीएका लाश गनेर समस्या समाधान हुँदैनः नेता गुरुङ

२३ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले बिदेशबाट नेपाल भित्रीएका लाश गनेर मात्रै समस्या समाधान नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले आईतबार मलेसिया लगाएतका अन्य मुलुकबाट १२ जना नेपालीको शव नेपाल ल्याईएको प्रसंग उल्लेख गर्दै यस्तो बताएका हुन् ।

जवानी निर्यात गरेर लाश आयात गर्ने देश हामीले नै बनाएको नेता गुरुङको भनाई छ ।

समस्या समाधानका लागि भिजन, मिसन र कमिट्मेन्ट भएको नेतृत्व चाहिने भन्दै यहाँ भिजन, मिसन भए पनि कमिट्मेन्टको बद्ला कमिशन भइदिएकोले सबैतिर बिग्रिएको बताएका छन् ।

उनको ट्वीटः जवानी निर्यात गरेर लाश आयात गर्ने देश हामीले नै बनायौं । बिदेशबाट नेपाल भित्रीएका लाश गनेर समस्या समाधान हुँदैन । समस्या समाधानका लागि भिजन, मिसन र कमिट्मेन्ट भएको नेतृत्व चाहिन्छ । तर यहाँ भिजन, मिसन भए पनि कमिट्मेन्टको बद्ला कमिशन भइदिएकोले सबैतिर बिग्रिएको छ ।