आर्थिक

नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनःप्रधान

२२ चैत, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा श्रेष्ठ बिजयी भएका हुन । साधरण सभा २० र २१ गते भएको थियो । निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए । बिजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन । अरु पदहरुमा प्रधान समुहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका थिए ।
आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेटे«ालपम्प संचालनको लागि लाइसेन्स दिदा बैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए । त्यसैगरी निगमलाई प्रविधि मैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधि मैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतिय स्टेशन विस्तारको लागि पहल गर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ३ वैसाख देखी मुलुकभर बिद्युतिय माध्यमबाट कारोबार गर्ने बताउदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरीसकेको जानकारी गराए ।