रोजगारी

साधना लघुवित्तमा विभिन्न पदहरुमा रोजगारी अवसर

२२ चैत, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।
लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक/ सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरिएको छ ।
मिति २०७७/१२/१९गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आप्mनो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्तपदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमाकार्य सञ्चालनगर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदानगर्दै आई रहेको छ ।