आर्थिक

तेस्रोआइएमई टेनिस प्रतियोगिता समाप्त

२२ चैत, काठमाडौं। अकिजुविन राउतर सर्भानीश्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् ।
मण्डीखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइजतर्फको फाइनल स्पर्धामाअकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।पहिलो सेट ६–१ ले आफ्नो पक्षमापारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका  थिए । अन्तिमतथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्धबनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजितगर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जितनिकालिन । सर्भानीले दुबै सेट ७–५ ले पक्षमापार्दै उपाधिउचालेकीहुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो ।

दुबै च्याम्प्यिनले जनही २० हजार रुपैयाँहातपारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिवअञ्जलीअर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपकाप्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे । सोहीअवसरमाविभिन्नउमेर स्पर्धाबाट च्याम्पियनभएका खेलाडीलाई मेडल र प्रमाण पत्रवितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरे । फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमापनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भागलिने खेलाडीहरु सवै च्याम्पियनहुने बताए । पूर्वएआईजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमाअभ्यस्तबनाउनगर्दै आएको योगदानको प्रशंसा गरे ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तर दायित्वअन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गल्र्सतर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्थाहो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमायोगदान पु¥याउँदै आएको छ ।