राजनीति

ओलीलाई जसरी पनि हटाएर काँग्रेस नेतृत्वमा सरकार बन्छः बरिष्ठ नेता पौडेल

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको राजनीतिक निकासको मुख्य जड नै प्रधानमन्त्री भएको बताएका छन् । उनले नुवाकोट काँग्रेसले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म देशको राजनीतिक निकास नआउने बताए ।
बरिष्ठ नेता पौडेलले काँग्रेसले आफ्नो नतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्रीले राजीनामाा नदिए काँग्रेसले अबिश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री बिरुद्धको अबिश्वासको प्रस्ताव दर्ता काँग्रेसले गर्ने बताए ।
नेता पौडेलले भने, ‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’ उनले माओबादी केन्द्र र जनता समाजबादीसंग कुरा गरेर काँग्रेस नेतृतवमा नयाँ सरकार बनाउने बाटोमा काँग्रेस हिँडेको भन्दै काँग्रेस नेतृव्वको सरकारलेमात्र पछिल्ला राजनीतिक समस्याको समाधान गर्नसक्ने दाबी गरे ।कार्यक्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा रामशरण महत नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीलगायतका नेताहरुले ओली सरकारले मुलुक बर्बाद गरेकोले सरकारको बिकल्प काँग्रेस भएको बताएका थिए ।