प्रदेश 1

फोक्सोको ईन्फेक्सनका कारण सुनसरीका पुराना शिक्षक तथा काँग्रेस नेता खड्काको निधन

  • २१ चैत, काठमाडौं । नेपाली काँग्रेस क्षेत्र नम्बर ६ का पुर्व क्षेत्रीय उपसभापति तथा महेन्द्र माविका पुराना शिक्षक बहादुर खड्काको निधन भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा शिक्षक खड्काको निधन भएको हो । खड्काको पार्थिव शरीरलाई दाहसंस्कारका लागि एम्बुलेन्समार्फत उहाँकै निवास सुनसरीको बराहक्षेत्र नगरपालीका चक्रघट्टी लगिएको छ ।
    कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका पुराना नेता तथा शिक्षक खड्काका २०१० सालमा भारतको पुर्बी बंगालमा जन्मिनुभएका स्व. खड्काको ६७ बर्षको उमेरमा निधन भएको हो । स्व खड्काका ४ छोरी र १ छोरा छन् । खड्का जेठी श्रीमतीको देहान्त भएपछि दोस्री श्रीमतीसँग बस्नुभएकोछ । स्व खड्काको पार्थिव शरीर पार्टीको झण्डा ओढाएर दाहसंस्कार गरिने पारीवारीक स्रोतले बताएको छ । कान्छी श्रमतीकापट्टी भने सन्तान छैनन् । कोरोना केहीदिन अगाडी नेगेटिभ देखिनुभएका खड्का फोक्सोमा भएको ईन्फेक्सनका कारण निधन भएको डाक्टरहरुलाई उदृत गर्दै काँग्रेस नेता रत्नबहादुर राउतले  सुर्यखबरलाई बताए ।