सामाजिक सञ्जाल

अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाई नै होः डा.भट्टराई

२१ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरसंग तुलना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाई नै भएको बताएका हुन् । डा.भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय रहेको समेत बताएका छन् ।

शुक्रबार बसेको काँग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको दोस्रो दिन डा.भट्टराईले यस्तो ट्वीट गरेका हुन् ।

डा.भट्टराईले अन्य प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य भुल्न नहुनेमा जोड समेत दिएका छन् । आ-आफ्ना दलका फरक एजेण्डा हुने भएपनि ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुने उनको भनाई छ ।

उनको ट्वीटः अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !