राजनीति

वर्तमान संकटबाट मुक्त र प्रजातन्त्र रक्षाको उपयुक्त निकास चुनावः अध्यक्ष थापा

२१ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले चुनावपछि मात्रै मुलुकले निकास पाउने धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले वर्तमान संकटबाट मुक्त र प्रजातन्त्र रक्षाको उपयुक्त निकास भनकै चुनाव भएको बताएका हुन् ।

उनले कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना र निर्णय आत्मघाती हुनेछ समेत बताएका छन् ।

उनको ट्वीटः वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना र निर्णय आत्मघाती हुनेछ ।