राजनीति

सबै कुरामा असफल भएको भन्दै ओलीकाे राजीनामा माग्ने काँग्रेसको निर्णय

२० चैत, काठमाडौं । नेपाली काँग्रेसको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौलालगायतको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सबै क्षेत्रमा असफल भएकोले राजीनमा माग्ने निर्णय भएको छ ।
काँग्रेसले प्रधानमन्त्री ओलीको पदबाट राजीनामा माग्दै काँग्रेस नेतृत्वमा सरकार बनाउन छलफल अगाडी बढाउने निर्णयसमेत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिएका छन् । पछिल्लो समय सभापति देउवा सरकारमा जानुहुन्न भन्ने पक्षमा थिए भने बरिष्ठ नेता पौडेल र सिटौला पक्ष काँग्रेसले पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने कुरामा बहस गरिरहेका थिए ।
नेकपा अबैध भन्दै सर्बोच्च अदालतले एमाले र माओबादी केन्द्र ब्यूत्याएपछि शक्तीसाल्ी बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको बिषयमा मौन बसेको काँग्रेसले अन्ततः प्रधानमन्त्रीबाट राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि छलफलको बाटो खोलेको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको बारेमा निर्णय गर्न आग्रह गरेको केहीदिनमा नै काँग्रेसले सरकार र पार्टी सरकारमा जाने बिषयमा स्पष्ट धारणा ल्याएको छ ।