राजनीति

अध्यक्ष थापाको ठोकुवाः उपत्यकामा मेलम्चीको पानी लयाउने योजना राजा विरेन्द्रको हो

२० चैत, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा बिरेन्द्रको भएको ठोकुवा गरेका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै पछि किसुनजीले मुखरित गर्नुभएको दाबी गर्दै यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी नभएको बताएका छन् । उनले कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन् भन्नेसमेत प्रतिकृया दिएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी उद्घाटन गरिरहँदा अध्यक्ष थापाले उक्त प्रतिकृया दिएका हुन् ।
अध्यक्ष थापाको ट्वीटः मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा बिरेन्द्रको हो। पछि किसुनजीले मुखरित गर्नुभयो।
यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी छैन। कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन्