बाग्मती

प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जक पुुरस्कृत

२० चैत, काठमाडौं । प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन् ।

सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनीहरुलाई नगद पुुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।
विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुुरक्षित गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकलदर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूूर्ण कडीका रुपमा प्रतियोगीता सञ्चालन गरेको बताएको छ ।

समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुुर बानियाँ तृतीय घोषित भए ।

उनका लेखलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार प्रदान गरियो ।

सैनिक फोटो प्रतियोगीतामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त ग¥यो भने द्वितीय पुुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुुको तस्बिरलाई वर्षको उत्कृष्ट घोषित गरियो । उक्त तस्बिरका लागि सर्जकलाई रु १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनौट भएका २२ जनालाई जनही रु १०÷रु १० हजार प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसखाले फोटो प्रतियोगीता आयोजना गरेको हो ।

समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गरे ।

लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा ध्रुवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुुर बुुढालाई पनि नगद पुुरस्कार र कदरपत्र प्रदान गरियो ।

यसअघि समारोहमा फोटो मूूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्बिर छनौट गरिएको जानकारी दिए ।

प्रतियोगीतामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्बिर छनौट गरी बोडमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनौट गरिएको थियो । सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्बिर छनौट गरिएको उनले जानकारी दिए । लेखरचना छनौट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनौट गरिएको जानकारी दिए ।

सैनिक सङ्गठनका महत्वपूूर्ण अङ्गका रुपमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हाल सन्तोष बल्लभ पौडेल छन् ।