सामाजिक सञ्जाल

पचासौं अर्बका ठेक्कामा एउटामात्र ठेकेदार छान्नु गलतः डा.भट्टराई

२० चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पचासौं अर्बका ठेक्कामा एउटामात्र ठेकेदार छान्नु गलत भएको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् ।

डा.भट्टराईले राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दुःखद भएको समेत बताएका छन् । 

बिहिबार प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएपछि डा.भट्टराईले यस्तो धारणा सार्वजनिक गरेका हुन् । समितिले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नसक्ने भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको थियो ।

उक्त आयोजनामा भ्रष्टाचारको ह्वास्स गन्ध आएको भन्दै लेखा समितिले रोक्ने आदेश गरेर ठीक गरेको बताएका छन् । यस्तै अदेश पालना गरी सत्य-तथ्य छानवीन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

उनको ट्वीटः राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दुस्खद छ । पचासौं अर्बका ठेक्काको PQ गर्दा एउटामात्र ठेकेदार छान्नु स्वतस्गलत थियो । भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो । लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो । आदेश पालना होस्छा ! नवीन होस् !