बाग्मती

मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज गरिँदै

२० चैत्र, काठमाडौं । लामो समयो प्रतिपक्षा पछि अन्ततः काठमाडौं वासीले मेलम्चीको पानी खान पाउने भएका छन् । मेलम्चीको पानी वितरणको औपचारिक उद्धघाटन आज गरिँदै छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले आज दिउँसो २ बजे भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

यद्यपी यसअघि नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण गर्ने कार्य सम्पन्न भईरसकेको छ ।

मेलम्चीको पानी यही चैत्र १५ गतेबाट परिक्षणका रुपमा वितरण गर्न थालिएको थियो । तथापी आज औपचारिक उद्धघाटन हुने भएको हो ।

मेलम्चीको पानी वितरण समारोह कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी हुने भएका छन् ।