लुम्बिनी

शंकर पोख्रेलको टिप्पणीः एमाले बिवादको मुख्य कारण नै माधव नेपालको हार

२० चैत्र, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोख्रेलले एमाले बिवादको मुख्य कारण नै माधव नेपालको हार भएको टिप्पणी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोख्रेलले यस्तो टिप्पणी गरेका हुन् ।

पोख्रेलले अहिलेको एमालेभित्रको विवादको मुख्य बिन्दु नवौँ महाधिवेशन भएको बताएका छन् । महाधिवेशनमा माधव कुमार नेपाल अध्यक्षको उम्मेदवार बन्नु नै अहिलेको विवादको जड भएको उनकाे विश्लेषण छ  ।

उनले उक्त महाधिवेशनमा चुनाव हारेका नेपालका कारण अहिले पार्टीमा समस्या देखिएको दाबी समेत गरेका छन् ।

नेता पोख्रेलले वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइएको पनि स्मरण गरेका छन् ।

उनको स्टाटस्ः वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड आफै चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ ।