सामाजिक सञ्जाल

षढ्यन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छः नेतृ झाँक्री

२० चैत्र, काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुने बताएकी छिन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि आक्रोसित हुँदै नेतृ झाँक्रीले  यस्तो बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै नेतृ झाँक्रीले पार्टी बनाउनेलाई कारबाही गर्ने, साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य नभएको बताएकी छिन् ।

उनले षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्मको अवस्था आउनु सबै नक्कली र निश्चित स्वार्थका लागि भएको बताएकी छिन् ।

नेतृ झाँक्रीले चेतावनी दिँदै, कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ उनले भनिन्, हेक्का राखौं-बुई चढ्ने लड्छ ।

उनको ट्वीटः षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो । यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए । फेरी जसले पार्टी बनायो उसैलाई कारबाहीरु साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन । कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ । हेक्का राखौं- बुई चढ्ने लड्छ । र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ ।