राजनीति

नेपाल र रावलपछि पाण्डे र भुषाललाई एमालेले गर्यो ६ महिनाका लागि निलम्बन

१९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई कारबाही गरेका छन् । नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेको केही नेता भुषाल र पाण्डे कारबाहीमा परेका छन् ।
१२ गते एमाले महासचिव इश्वर पोख्रुलमार्फत कारबाही किन नगर्न भन्दै स्पष्टिकरण सोधेका ओलीले केहीदिनमा नेता नेपाल र रावलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । आज पनि दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
नेता नेपाल समूहले समानान्तर कमिटी गठन गर्दै जिल्ला जिल्लामा समिति बनाउँदै हिँडेका छन् भने युवा संघलगायतमा पनि नेता नेपालले कमिटी खोलेका छन् । भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु राखेर स्पष्टिकरण दिएको भन्दै बिहीबार कारबाहीमा परेका छन् ।