पु.समाचार

माओवादी केन्द्रको ल्याङ-ल्याङः ओलीलाई दिएको समर्थन लिएन फिर्ता

१९ चैत्र, काठमाडौं । माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन तत्काल फिर्ता नलिने संकेत गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको अनौपचारिक बैठकले ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी स्पष्ट धारणा नआएको भन्दै तत्काल समर्थन फिर्ता नलिने भएको हो । नारायणकाजि श्रेष्ठले एक-दुई दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर समर्थन फिर्ताको बारेमा छलफल हुने भएको बताएका छन् ।

माओवादी केन्द्रले सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता बोलाएपनि समर्थन फिर्ताको बिषयमा भने ठोष निर्णय लिन सकेको छैन । गत फागुन २३ गते सर्बाेच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र व्यूँतिएका थिएा ।