सामाजिक सञ्जाल

नेपाली राजनीतिक आकाशको कालो तुँवालो पनि छिट्टै हटोस्ः नेतृ झाँक्री

१९ चैत्र, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेपाली राजनीतिक आकाशको कालो तुँवालो छिट्टै हटोस भन्ने कामना गरेकी छिन् ।

वर्षासंगै मुलुकमा पछिल्लो समयको तुवाँलोसंग क्रमश घट्दै गएको भन्दै नेतृ झाँक्रीले नेपाली राजनीतिक आकाशको पनि छिट्टै कालो तुँवालो हटोस् भन्ने कामना गरेकी हुन् ।

सामाजिक सञ्जाल टुवीट माफर्त नेतृ झाँक्रीले भनेकी छिन्ः आज झमझम परेको पानीले भोली देखि नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरिन्छ ।

केही दिन देखि नेपाली आकाश कालो तुवाँलोले छोपेको थियो । संसारका ठूला जनघनत्व भएका औद्योगिक शहर भन्दा पनि काठमाडौँ प्रदुषित भएको प्रसंग उल्लेख गर्ने उनले धारणा व्यक्त गरेकी हुन् ।

उनको ट्वीट्ः केही दिन देखि नेपाली आकाश कालो तुवाँलोले छोपेको थियो । संसारका ठूला जनघनत्व भएका औद्योगिक शहर भन्दा पनि काठमाडौँ प्रदुषित थियो । आज झमझम परेको पानीले भोली देखि नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरिन्छ । नेपाली राजनीतिक आकाशको पनि छिट्टै कालो तुवाँलो हटोस् ।