पु.समाचार

नेता नेपालले गरे बुद्धनगरमा युवा संघको कार्यालय उद्घाटन

१८ चैत, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव कुमार नेपाल पक्षको युवा संघले युवा संघको कार्यालय काठमाडौंको बुद्धनगरमा खोलेको छ । नेता नेपालले उद्घाटन गरेको युवा संघको कार्यालयमा युवासंघका अध्यक्ष नरेशशाहीलगायत सयौं युवाहरु उपस्थित थिए ।


नेता नेपालले आफुले नेपालका कम्युनिष्टलाई एकीकरण गर्ने अभियानको नेतृत्व गर्ने बताएका थिए भने अध्यक्ष शाहीले दलाल, पुजीपति बर्गलाई पार्टी नेतृत्वको निर्देशनका ठेगान लगाउँदै युवासंगलाई शसक्त ढंगले अगाडी बढाउने बताएका थिए ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित ४ जनालाई कारबाही गरेको भनिए पनि नेता नेपालले आजको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीको कडा बिरोध गरेनन् ।