समाचार

राष्ट्रिय जनगणनाको तयारी तीव्र

१८ चैत, काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रांै राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुु¥याउन सुुझाव दिए ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्याङक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुुगे नपुुगेको अनुुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरे । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुुप्रथाको जड र केन्द्रविन्दुु मानिएका विषय पत्तालगाउने गरी फारम विकास गर्न सुुझाव दिए ।

कर र राजश्वलगायतका कारणले सही सूूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिए । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुुन आवश्यक रहेको बताउँदै उनीहरुले मुुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भने ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूूल नारा मेरो गणनाः मेरो सहभागिता रहेको छ ।

योजना आयोगका सदस्य डा रामकुुमार फुुयाँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्याङ्क आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत सही तथ्याङ्क सङ्कलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरे । तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताए ।

उनले भने, “युवालाई गौरव बोध होस् भन्ने हेतुुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युुवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।” शहरका उच्च वर्गको तुुलनामा कम साक्षरता भए पनि दुुरदराजका जनताले वास्तविक तथ्याङ्क उपलब्ध गराएर सहयोग पुु¥याएको विगतको अनुुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सवै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पुु¥याउन अपिल गरे ।