पु.समाचार

नेकपा व्यूँत्याउन माग गर्दै अध्यक्ष दाहाल जाँदैछन् सर्बाेच्च !

१७ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज सर्बोच्च जाँदै छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन निवेदन दर्ता गर्न दाहाल सर्बोच्च जाने भएको जानकारी दिईएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आज पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिने भएका हुन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार पुनरावलोकन निवेदनका लागि दाहाल बिहान ११ बजे सर्वोच्च अदालत जाँदैछन् । उनीसँगै माओवादी केन्द्रका अन्य नेता तथा अभिवक्ताहरू सर्वोच्च जाने प्चदाहालको सचिवालयले जनाएको छ ।

तत्कालीन नेकपाका एक अध्यक्ष रहेका दाहालले एमाले र माओवादी केन्द्रको एकतालाई अवैधानिक भन्दै गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला सच्याउन माग गर्ने भएका हुन् ।

ऋषि कट्टेलले दर्ता गराएका रिट उपर सुनुवाई गर्दै फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

सर्वोच्चको आदेशमा दुई पार्टीबीच को एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।