लुम्बिनी

नेपाल-रावलको कारबाहीमा शंकर पोख्रेल भन्छन्ः पार्टी अनुशासनले सबैको हित गर्छ

१७ चैत्र, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोख्रेलले एमालेका दुई नेता माधबकुमार नेपाल र भिम रावलको कारबाहीलाई लिएर धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै एमाले ओली पक्षका नेता समेत रहेका पोख्रेलले दुई नेतामाथिको कारबाही पार्टीको अनुशासन भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावलले पार्टी बिरोधि क्रियाकलाप गरेको र कारबाहीयोग्य स्पष्टिकरण दिएको भन्दै ६ महिनाका लागी एमालेको साधारण सदस्यताबाट निलम्बन गरेका हुन् ।

साथै नसच्चिए थप कारबाहि गर्ने समेत चेतावनी ओलीले दिएका छन् । नेता पोख्रेलले विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्दा यसबाट उद्देलित हुनुनपर्ने समेत बताएका छन् ।

उनको स्टाटस्ः विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्देलित हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ ।