सामाजिक सञ्जाल

३० औं बर्षमा मेलम्चीको पानी काठमाण्डौं झर्दा जस लिन तँछाडमछाड गर्नु धिक्कारः गुरुङ

१६ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले मेलम्ची काठमाडौं झरेपछि जस लिनलाई भईरहेको तछाडमछाडलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता गुरुङले ३० वर्षमा मेलम्चीको पानी काठमाडौं झर्दा जस लिन तछाडमछाड गर्नेलाई धिक्कार छ भन्दै टिप्पणी गरेका छन् ।

साथै नेता गुरुङले मेलम्चीको पानी काठमाण्डौं झर्दा खुशी लाग्नु स्वभाविक भएको तथापि राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न ३० बर्ष लगाउनु उदेकलाग्दो कुरा भएको बताएका छन् ।

नेता गुरुङले सिन्को पनि नभाँच्नेले अनि आकाशको तारा खसाल्ने गफ दिने रोग नेपाली राजनीतिमा रहेको समेत टिप्पणी गरेका छन् । आईतबार काठमाडौंका विभिन्न स्थानको घर-घरामा मेलम्चीको पानी आईपुगेको छ ।

उनको स्टाटस्ः मेलम्चीको पानी काठमाण्डौं झर्दा खुशी लाग्नु स्वभाविक । तथापि राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न ३० बर्ष लगाउनु उदेकलाग्दो कुरा हो । ३० औं बर्षमा मेलम्चीको पानी काठमाण्डौं झर्दा जस लिन तँछाडमछाड गर्नेहरुलाई धिक्कार छ । सिन्को नभाँच्नेले आकाशको तारा खसाल्ने गफ दिने नेपाली राजनीति ।